दफा ८०
लेखापरीक्षक नियुक्त गर्नु पर्ने
(१) धितोपत्र व्यवसायीले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकहरु मध्येबाट लेखापरीक्षक नियुक्ति गर्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको सञ्चालक, शेयरवाला, अधिकृत, कर्मचारी वा साझेदार रहेको व्यक्ति सो धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन अयोग्य मानिनेछ ।
(३) धितोपत्र व्यवसायीले लेखापरीक्षक नियुक्त गरेको मितिले सात दिनभित्र त्यस्तो लेखापरीक्षकको नाम, ठेगाना समेत बोर्डलाई सूचना गर्नु पर्नेछ ।
(४) धितोपत्र व्यवसायीले कुनै लेखापरीक्षकलाई पदबाट हटाएमा वा त्यस्तो लेखापरीक्षकले राजीनामा दिई हटेमा त्यसको सूचना सो भए गरेको मितिले सात दिनभित्र धितोपत्र व्यवसायीले बोर्डलाई दिनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड र धितोपत्र बजारका कर्मचारी कुनै पनि धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैनन् ।